×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुको निक्षेप संकलन ३५ अर्ब ३१ करोड रुपैयाँले घट्दा कर्जा लगानी ३६ अर्ब १२ करोड रुपैयाँले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वाणिज्य बैंकहरुको निक्षेप संकलन ३५ अर्ब ३१ करोड रुपैयाँले घट्दा कर्जा लगानी ३६ अर्ब १२ करोड रुपैयाँले बढ्यो

३ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुको कार्तिक महिनामा निक्षेप संकलन घटेको छ भने कर्जा लगानी बढेको छ । बैंकहरुको निक्षेप ३५ अर्ब ३१ करोड रुपैयाँले घट्दा कर्जा लगानी भने ३६ अर्ब १२ करोड रुपैयाँले बढेको हो । वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार कात्तिक ३० गतेसम्म आइपुग्दा बैंकहरुले ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअघि असोज ३१ गतेसम्म बैंकहरुले ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

२७ वाणिज्य बैंकहरुमध्ये १९ वटाको निक्षेप खुम्चिएको छ र ८ वटाको बढेको छ । कार्तिक महिनामा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको निक्षेप घटेको छ । यस बैंकको १३ अर्ब ८९ करोड रुपैयाँले निक्षेप घटेको हो । यस्तै राष्ट्रिय वाणिज्य बैंकको १० अर्ब ३४ करोड रुपैयाँले निक्षेप घटेको छ । हिमालयन बैंकको भने सर्वाधिक १४ अर्ब ६० करोड रुपैयाँले निक्षेप बढेको छ भने एनएमबी बैंकको ४ अर्ब ८७ करोड रुपैयाँले निक्षेप बढेको छ ।

निक्षेप घटेपनि अधिकाशं बैंकहरुले कर्जा लगानी भने विस्तार गरेको छ । २७ वाणिज्य बैंकहरुमध्ये ९ वटाको कर्जा लगानी घटेको छ भने १८ वटा वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ । यस अवधिमा सबैभन्दा धेरै कर्जा विस्तार गर्नेमा हिमालयन बैंक नै रहेको छ । यस बैंकले ६ अर्ब ७ करोड रुपैयाँले कर्जा विस्तार गरेको हो । सबैभन्दा धेरै कर्जा खुम्चिनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यसको २ अर्ब ५६ करोड रुपैयाँले कर्जा लगानी घटेको हो । कात्तिक महिनामा वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै कर्जा लगानी भने ४० खर्ब ३४ अर्ब रुपैयाँ गरेका छन् । असोज ३१ गतेसम्म बैंकहरुले ३९ खर्ब ९८ र्अ रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी