काठमाडौं । राजस्व अनुसन्धान विभागले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा अमेरिकी डलरसहित पक्राउ परेका ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौंको गोल्डेन लिफ होटलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ, ९ सय अमेरिकी डलर र ६ सय चिनियाँ यूआनसहित पक्राउ परेका उनीहरुलाई उच्च अदालत पाटनमा विगो र जेल सजाया माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । अनुसन्धानका क्रममा बरामद भएको रकमको स्रोत वैध नदेखिएको र राजश्व छली गरेको दावीसहित विभागले मुद्दा दायर गरेको हो ।
हुण्डी कारोबारको आशंकामा विकास मित्तल, कमल मित्तल, गणेश पौडेल र समुन्द्र पौडेललाई होटलबाट पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभागमा बुझाएको थियो । विभागले प्रतिवादी विकास मित्तललाई ३ करोड ९२ लाख ९१ हजार ५३९, गणेश पौडेललाई एक करोड ९५ लाख ६१ हजार ७३५, समुन्द्र पौडेल र गणेश पौडेललाई थप एक करोड ९ लाख ७० हजार १५३ रुपैयाँ विगो दाबी गरिएको छ । अर्को प्रतिवादी कमल मित्तलको हकमा विभागले १४ लाख ४७ हजार ९५४ रुपैयाा विगो र हदैसम्मको कैद सजाय माग गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्