Skip to content
LAXMI SUNRISE BANK

एनआई एशिया लघुवित्त वित्तीय संस्थाद्धारा २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ सरोकार

उदयपुर । एनआई एशिया लघुवित्त वित्तीय संस्थाले उदयपुर जिल्लाको त्रियोगा नगरपालिका ६ जलजले र सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ र्सिथौलीमा छुट्टाछुट्टै २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । एनआईसी एशिया लघुवित्त केन्द्रीय कार्यालयको कर्पोरट कम्युनिकेसन तथा ब्रान्डीङ् अफिसर बिकल काफ्ले, बनेपा उप-प्रदेश प्रमुख यविन्द्र ढकाल, गाईघाट शाखा प्रबन्धक राज कुमार चौधरी, दुधौली शाखा प्रबन्धक अमिना कुमारी मंडल लगायतको उपस्थितिमा भएको छुटाछुटै कार्यक्रममा कारिब १५० जना सेवाग्राही सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताका कथा, कर्जा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु, वीमा, संस्थामा आबद्ध हुँदा पाइने सुबिधा लगाएतका विषयमा भिडियो तथा दुश्य सामाग्री प्रस्तुत गरिएको थियो । “मैले कार्यक्रममा पैसा र बचतको बारेमा नसोचेको धैरै ज्ञान पाए । मलाई संस्थाको फरक सेवा सुविधाले पनि एकदमै आकर्षित गरेको छ”, कार्यक्रममा सहभागी श्याम कुमारी थामीले आफ्नो अनुभव साटिन् ।

कार्यक्रमको समापन बोल्दै बनेपा उप-प्रदेश प्रमुख यविन्द्र ढकालले सम्पूर्ण सहभागीहरुलाई यस्ता खाल्का अन्य विभिन्न कार्यक्रमहरु भविष्यमा गर्दै जाने जानकारी गर्दै आफुले लिएको कर्जा अरुलाई चलाउन नदिन, मिटर व्याज, ढिकुटी लगायतका गैरकानुनी काम नगर्न, बचत गर्ने बानीको बिकास गर्न जस्ता कुराहरु राख्दै नेपाल राष्ट्र बैंक तथा अन्य नियमन निकायबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्थाहरुबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK