Skip to content
LAXMI SUNRISE BANK

साल्ट ट्रेडिङ कर्पोरेसनको ६४.९४ प्रतिशतले घट्यो खुद नाफा, प्रतिसेयर नेटवर्थ ४४९ रुपैयाँ ६६ पैसा

अर्थ सरोकार

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ६४.९४ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशतबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ ।

गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट २ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो । रिजर्भ कोषमा १ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ ४४९ रुपैयाँ ६६ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK