Skip to content
LAXMI SUNRISE BANK

बजार घटेका बेलामा पनि नारायणी डेभलपमेन्ट बैंक र मानुषि लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३५ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको ५० करोड ९९ लाख ९२ हजार ३३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २ वटा उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैगरी आइतबारको सेयर बजारमा नारायणी डेभलपमेन्ट बैंक र मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, शिभ श्री हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । तेह्रथुमको सेयरमा यस्तो गिरावट आउँदा आइसिएफसि फाइनान्स, प्रिमियर इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत कम्पनी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको ५० करोड ९९ लाख ९२ हजार ३३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, नेपाल टेलिकम, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, अपर तामाकोशी हाईड्रोपावर, अरुण काबेली पावर, नबिल बैंक, हाईड्रोइलेक्ट्रिसिटी डेपलपमेन्ट कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK