Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया लघुवित्तको ४औं बार्षिक साधारणसभा सम्पन्न

अर्थ सरोकार

काभ्रेपलाञ्चोक । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमास सम्ममा १६ करोड २६ लाख ७५ हजार खुद मुनाफा आर्जन गर्न सफल यस वित्तीय संस्थाले लघुकर्जा तर्फ कुल लघुकर्जा रकम २२ अर्ब ३ करोड ६४ लाख र बचत तर्फ ३ अर्ब १९ करोड २७ लाख पुर्याउन सफल भएको छ ।

उक्त बार्षिक साधारणसभाले संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना संचालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्तावबीच छलफल गरी संस्थापक समुहबाट क्रमश कपिल ढकाल ,प्रकाश बराल , विभोरकुमार अग्रवाल , दिपेश खेतान (अग्रवाल) , र सर्वसाधारण समुहबाट क्रमश शशांक अग्रवाल तथा सुवर्ण पौडेल गरी कुल ६ जना संचालकहरु निर्विरोध निवार्चित भएका छन् । ४औं बार्षिक साधारणसभाबाट निवार्चित भएका सम्पूर्ण सञ्चालक समितिका पदाधिकारीहरुको बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा लामो कार्यअनुभव रहेको र विभिन्न व्यवस्थापकिय पदहरुमासमेत कार्यानुभव रहेको छ ।

साधारणसभामा मनत्व्य राख्दै संस्थाका अध्यक्ष कपिल ढकालद्वारा संस्थाले स्थापनाको ४औं वर्षमै नेपालको लघुवित्त क्षेत्रमा आर्थिक वर्ष २०७७/७८ मा कर्जा बृद्धिको हिसाबले प्रथम, कुल २७० वटा शाखासहित शाखा संजालका हिसाबले प्रथम र १४३,९१६ जना विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरी गौरबमय ईतिहास रच्न सफल भएको भएको जानकारी गराए ।

राष्ट्रिय स्तरको अग्रणि लघुबित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक,बझाड, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

यस वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले हाल सम्म मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरुमार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK