काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको मंसिर २९ गते वार्षिक साधारणसभा हुने भएको हो । सभामा कम्पनीले ५१.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ३१.३२ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर गरी कुल ५१.३२ प्रतिशत लाभांश दिन लागेको हो ।
यस्तै कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरि प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेण्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धि हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।