काठमाडौं । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको छ ।
कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तानतरण गरेका थिए । वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासंघले नेपालको प्रतिनिधित्व गर्दछ ।
विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कार्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर÷एनजीओ) विधा अन्तर्गत जितेको हो ।
त्यस्तै गत कार्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा अन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए । “१०० भन्दा बढि योग्य, नवीन तथा राम्रा आवेदनहरुको समिक्षा गर्ने हामीले मौका पायौ ।”
विश्वभरका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संघसस्थाहरुको छाता संगठन विट्साका सेक्रेटरी जनरल जीम पोइसन्टले शुक्रबार कार्यक्रममा देखाइएको भिडियो सन्देशमा भने । “इनोभेटिभ इ–हेल्थ सोलुसन्स् अन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ । दुरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरुको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो ।”
एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको थियो । यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामिण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागु गरि सकिएको छ ।
यस कार्यक्रम अन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन् । “हाम्रो सामाजिक जिम्मेवारी अन्तर्गत सुरु गरिएको स्वास्थ्य सम्बन्धी यस नविन कार्यक्रमले प्रतिष्ठित विट्सा र एसोसीओ अवार्ड जित्न सफल भएकोमा हामी निकै खुसि छौ ।” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने । “यस पहलले दुरदराजका जनसमुदायको जीवन रक्षा गर्न मद्दत गर्नुको साथै आफ्नै ठाउँमा नै सेवा उपलब्ध हुने भएकाले शहरका अस्पतालमा जाँदा लाग्ने समय र स्रोत बचत गर्नमा योगदान गर्दछ ।
यो कार्यक्रमले १५ हजार भन्दा बढि घरधुरीका जनसमुदायहरुलाई दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवामा प्रतक्ष्य योगदान गर्दछ ।” कार्यक्रम पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “एनसेलसँगको हाम्रो यस सहकार्यले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठूलो सम्मान हो । जनसमुदायलाई सजिलै गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच सुनिश्चित गर्न यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने हाम्रो योजना रहेको छ ।”
टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिएको चार वटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा संचालन भइरहेको छ । यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ । टेलिमेडिसिन अन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरि अस्पतालका चिकित्सक तथा विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराई स्थानिय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान दिइन्छ ।
पीएचपी अन्तर्गत यो कार्यक्रम संचालन भएका क्षेत्रका समुदायका स्थानियहरुले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार स्थानिय ठाउँमा नै गर्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्