काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैकिङले वार्षिक साधारणसभा डाकेको छ । बैंकले पुस ६ गते छैंठौं वार्षिक साधारणसभा डाकेको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन तथा नाफा-नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने भएको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोकिने एजेण्डा पनि रहेको छ । सभा नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल काठमाडौंमा बिहान ११ बजे हुने भएको छ ।