Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा: हिलाम्य सप्तरीको राजविराज सडकखण्ड, लोकप्रिय उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सप्तरीको राजविराजस्थित सोनार लाइनको बजारमा जीर्ण सडकलाई खनेपछि हिलाम्य देखिएको सडक बाटोदेखि जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लोकप्रिय उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी सम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार:

सप्तरीको राजविराजस्थित सोनार लाइनको बजारमा जीर्ण सडकलाई खनेपछि हिलाम्य देखिएको सडक बाटो । यसरी सडक खनेर छाडेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लोकप्रिय उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी । रुघाखोकी, ज्वरो, जीउ तथा हाडजोर्नी समस्या हुनेले यसको प्रयोग गर्दा ठीक हुने गरेकाले यसको लोकप्रियता बढेको हो । लोकप्रिय भएकै कारण कम्पनीले गत वर्षदेखि सन्चोको उत्पादनमा दोब्बरले वृद्धि गरेको छ ।

ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा क्षेत्रमा गाडिँदै गरेको स्नो पोल । कञ्चनजङ्घाको पर्यटकीय पदमार्गको यात्रामा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनेर अनुमान गर्न सहज हुनेछ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का गल्ली–गल्लीमा हुँदै गरेको कालोपत्रे सडक । उपमहानगरपालिकाले सडक कालोपत्रे गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ ।

खाँडाचक्र नगरपालिका कालीकोटको पिली पहाडलाई चिरेर बगेको कर्णालीको शाखा तिलानदी ।

तल्लो डोल्पालाइ लक्षित गरि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेसिनेचौर निर्माण गरिएको विमानस्थल । यो विमानस्थल निर्माण भएको वर्षौ बितेपनि स्तरोन्नती नहुँदा अहिले सम्म उडान सुरु हुन सकेको छैन ।

बैतडीको श्रीकोटका एक किसान गहुँ छर्दै । यहाँका किसानलाई हाल गहुँ छर्ने चटारो परेको छ ।

शुक्लाफाँटा नगरपालिका लक्ष्मीपुरका किसानको खेतमा हुर्कदैँ गरेको बेमौसमी काउली । बेमौसमी तरकारीको बजार भाउ बढी हुने हुँदा किसानहरु यस्तो खेती गर्न उत्साहीत हुँदै गएका छन ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK