Skip to content
LAXMI SUNRISE BANK

फर्स्ट माइक्रोफाइनान्सको वार्षिक साधारणसभा मंसिर १६ गते हुने, १०.५३ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव

अर्थ सरोकार

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाले मंसिर १६ गते वार्षिक साधारण सभा गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ ।

कम्पनीको लाभांशलाई नियामक राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । सभा आम्रपाली ब्यांकेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गरिरकेको छ । तसर्थ मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK