×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटल लिमिटेड र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता, ब्रेष्ट क्यान्सर न्यूनीकरण गरिने

अर्थ सरोकार

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार

PRIME CA

प्रभु क्यापिटल लिमिटेड र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता, ब्रेष्ट क्यान्सर न्यूनीकरण गरिने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता भएको छ । नेपालमा ब्रेष्ट क्यान्सर न्यूनीकरण गर्नको लागि उक्त सम्झौता भएको हो । सम्झौता अनुसार प्रभु क्यापिटलले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनसँग ‘दि पिंक रिबन क्याम्पेन’ सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहकार्य गर्नेछ । सम्झौतामा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका तर्फबाट डा.सुजिता हिराचनले हस्ताक्षर गरेका हुन् ।

नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसन नेपालमा ब्रेष्ट क्यान्सर सम्बन्धि रोगको न्यूनीकरणका लागि कार्यरत गैरमुनाफामुखी संस्था हो । यसले ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागि विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । फाउण्डेसनले ब्रेष्ट क्यान्सर न्यूनीकरण तथा चेतना अभिवृद्धिका लागि ‘वेयर दि पिंक रिबन क्याम्पेन’, ‘पिंक रिबन वाक’, ‘पिंक रिबन फ्लास मोब’, ‘ब्रेष्ट क्यान्सर स्क्रिनिङ्ग मेडिकल क्याम्प’, लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सम्झौता अन्तरगत प्रभु क्यापिटलले प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजनामा ग्राहकको लगानी व्यवस्थापनगरी क्यापिटलले आफूले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई सहयोग गर्नेछ । प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजना महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याउने उद्देश्यका साथ सुरु गरिएको योजना हो । यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट साथै न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् । यो योजनाका विशेषताहरु निम्नानुसार रहेको छ :

  •  न्यूनतम लगानी अवधिः १ वर्ष
  •  हर्डल रेटः ८ प्रतिशत
  •  हर्डल रेटः ८ प्रतिशत
  •  वार्षिक व्यवस्थापन शुल्क (एएमसी) : १ प्रतिशत ( ५० प्रतिशत छुट पछि )
  •  मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत
  • लक इन अवधिः १ वर्ष
  •  लक इन अवधि अगावै योजना बन्द शुल्कः ३ प्रतिशत
  •  नाफा वितरणः न्यूनतम लगानी अवधि पश्चात
  • क्यापिटलले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई आर्थिक सहयोग

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सक्नेछन् । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ । यो सेवाको बारेमा थप जानकारी लिन चाहने सेवाग्राहीले प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com का साथै फोन नं. ०१-५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क गर्र्न सक्नछेन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: