×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक १५औं बसन्तमा प्रवेश, विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गरी मनाए वार्षिकोत्सव

PRIME CA

गरिमा विकास बैंक १५औं बसन्तमा प्रवेश, विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गरी मनाए वार्षिकोत्सव

८ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड मंसिर ७ गते आफ्नो स्थापनाकालको १४औं बसन्त पार गरी १५औं बसन्तमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि निम्न लिखित कार्यक्रमहरु सम्पन्न गरेको छ  ।

१. रक्तदान कार्यक्रम : रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको छ ।

२. शाखा कार्यालयहरुको कारोबार शुभारम्भ : निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ । करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरु मार्फत ग्राहक माझ संचालनमा रहेको यस विकास बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सुचकहरुमा सन्तोषजनक प्रगति गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: