काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले चुक्ता पुँजीका अधारमा कायम सेयर सूचीकरण गरेको हो । कम्पनीको उक्त सेयर मंसिर ९ गते बिहिबारदेखि कारोबारमा आउने भएको छ ।
नेप्सेले न्यादीको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९४ रुपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसाको रेन्जमा रहेर हुनेछ । एनवाईएडीआई’ संकेतमा न्यादीको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ ।