
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २४ गते सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले बैंकको प्रस्तावित ८.२८ प्रतिशत लाभांश पारित गरेको हो । बैंकको सभा बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको हो । सभाले चुक्ता पुँजीको ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । ८ अर्ब ९६ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
बैंकले देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषि जन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापरिक घराना समेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यलाई निरन्तरता दिएको छ । बैंकले हाल १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्