×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलद्धारा “INCOME GUARANTEED FUND” योजना सार्वजनिक, १०.२५ प्रतिशत प्रतिफल पाईने

PRIME CA

एनआईसी एशिया क्यापिटलद्धारा “INCOME GUARANTEED FUND” योजना सार्वजनिक, १०.२५ प्रतिशत प्रतिफल पाईने

९ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा (Portfolio Management Service-PMS)अन्तर्गत उच्च प्रतिफल सहितको’Income Guaranteed Fund’ नामक उच्च प्रतिफल सहितको लगानी व्यवस्थापन योजना संचालन गरेको छ । विशेष गरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको हो ।

यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसंग अध्ययन अनुसन्धान गरेर मात्र यस प्रकारको योजनाहरु संचालन गर्ने गरेको छ ।

उक्त योजनामा सहभागी हुनको लागि न्युनतम १० लाख लगानीबाट सुरु गर्न सकिनेछ । साथै उक्त योजना सम्बन्धी थप जानकारीको लागि मोवाईल नंम्बर ९८५१२७३१४९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिनेछ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: