काठमाडौं । सामलिङ पावर कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेमा बिहीबार यस कम्पनीको कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा खुला भएको हो । ‘एसपीसी’ संकेतमा सामलिङको दोस्रो बजारमा कारोबार खुला भएको हो ।
कम्पनीको मंसिर ८ गते बुधबार नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले सामलिङको ओपनिङ रेन्ज न्यूनतम ९८ रुपैयाँ ७७ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३१ पैसा तोकेको थियो ।