Skip to content
LAXMI SUNRISE BANK

पुनर्बिमा व्यवसाय स्वदेशी पुनर्बिमा कम्पनीलाई दिन बिमा समितिको निर्देशन

अर्थ सरोकार

काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुलाई पुनर्बिमा व्यवसाय स्वदेशी पुनर्बिमा कम्पनीलाई दिन निर्देशन दिएको छ । समितिले बिमा कम्पनीहरुलाई प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बिमा बाहेक अरु सबै पुनर्बिमा व्यवसाय स्वदेशी पुनर्बिमा कम्पनीलाई दिन निर्देशन दिएको हो ।

नीजि क्षेत्रको स्वामित्व रहेको हिमालयन रि इन्सुरेन्स सञ्चालनमा आएपछि समितिले यस्तो निर्देशन दिएको हो । हालसम्म बिमा कम्पनीहरुले स्वदेशी पुनर्बिमा कम्पनीहरुमा २० प्रतिशत र बाँकी अन्य कम्पनीमा पुनर्बिमा गर्न सकिने व्यवस्था रहेको छ । नेपाली पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेको अवस्थामा मात्रै बिमा कम्पनीहरुले विदेशी पुनर्बिमा कम्पनीहरुलाई व्यवसाय दिन पाउने व्यवस्था छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK