काठमाडौं । सिटिजन्स बैंकले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका हुन् । संस्थापक प्रेमकुमारी थापाले आफ्नो नाममा रहेको १५ हजार ६७३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
यसमा सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम २०५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकलेमंसिर १० गतेदेखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने भएको छ ।