×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा: सडकमै सवारीसाधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्यो, छुर्पी तयार गर्दै स्याङ्जाका किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा: सडकमै सवारीसाधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्यो, छुर्पी तयार गर्दै स्याङ्जाका किसान

Artha Sarokar

१० मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सप्तरीको सदरमुकाम राजविराजको मुख्य बजारमा यत्रतत्र सडकमै पार्किङ गरी राखिएको मोटरसाइकलदेखि नमूना साना किसान कृषि सहकारीद्वारा गाईको दूधबाट तयार पारिएको छुर्पीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार:

सप्तरीको सदरमुकाम राजविराजको मुख्य बजारमा यत्रतत्र सडकमै पार्किङ गरी राखिएको मोटरसाइकल । यसरी सडक पेटिमा सवारीसाधन राखिएको कारण दुर्घटनाको उच्चजोखिम बढेको छ ।

स्याङ्जाको वालिङस्थित नमूना साना किसान कृषि सहकारीद्वारा गाईको दूधबाट तयार पारिएको छुर्पी । सहकारीले यहाँ व्यावसायिक रुपमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन थालेको छ ।

पृथ्वी राजमार्गको सडक छेउमा बिक्रीका लागि राखिएको केरा ।

पृथ्वी राजमार्गमा सडक विस्तार गर्ने क्रममा मजदूर ।

पोखरा महानगरपालिका वडा नं १३ काहूँका किसान धान झारेर तयार गरेको धानको रासलाई घर भित्राउनुअघि अन्नपूजा गर्दै ।

बैतडीको मेलौलीमा गहुँ उम्रेपछि देखिएको खेतको दृश्य ।

बैतडीको पाटन-पञ्चेश्वर सडकखण्डमा निर्माणाधिन मोटरेबल पुल ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी