×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट लघुवित्त वित्तीय संस्थाको १५ हजार ८५० कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन

PRIME CA

सपोर्ट लघुवित्त वित्तीय संस्थाको १५ हजार ८५० कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सपोर्ट लघुवित्तको संस्थापक समूहको सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन रहको छ । संस्थाको १५ हजार ८५० कित्ता संस्थापक सेयर लिलामी भर्ने मंसिर १३ गते सोमबार अन्तिम दिन रहेको हो । संस्थाले गत कात्तिक २९ गतेबाट संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा न्यूनतम ५५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिने भएको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु काठमाडौंमा बुझाउन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: