×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी बरामद

PRIME CA

भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी बरामद

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

जलेश्वर । महोत्तरी प्रहरीले ३१ बोरा चिनी बरामद गरेको छ । भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका-७ बाट चिनी बरामद गरिएको हो ।

प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत नियन्त्रणमा लिएको छ । साथै ओसारपसारमा प्रयोग गरिएको बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुई मोटरसाइकल पनि  बरामद गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: