×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोडीघोडा लघुवित्त संस्थाको छैठौं वार्षिक साधारणसभा पुस १० गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

PRIME CA

घोडीघोडा लघुवित्त संस्थाको छैठौं वार्षिक साधारणसभा पुस १० गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारणसभा डाकेको छ । संस्थाको साधारणसभा पुस १० गते हुने भएको हो । सभा बिहान १० बजे होटल रुबस बैयावेहडी धनगढी कैलालीमा हुने संस्थाले जनाएको छ ।

संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ ।

घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्थाबीच २०७७ कात्तिक २१ गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारी भएकाले यस घोडीघोडा लघुवित्तको सेयर कारोबार रोक्का रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: