×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकमा यूरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले आगामी शनिबार निःशुल्क ओपिडी सेवा दिने

PRIME CA

नर्भिकमा यूरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले आगामी शनिबार निःशुल्क ओपिडी सेवा दिने

अर्थ सरोकार

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.ढकालको ओपिडीबाट लाभ लिन सक्नेछन् ।

यस्तै, प्रोस्टेट ग्रन्थी, मृगौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपिडीबाट लाभ लिन सक्नेछन् । डा.श्रेष्ठसँगै डा. सञ्जिव श्रेष्ठ लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसमेत रहनेछन् । शनिवारको निःशुल्क ओपिडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई सहुलियत दरको व्यवस्था मिलाइनेसमेत अस्पतालले जनाएको छ ।

शनिवार बालरोग विशेषज्ञ डा.ढकालले बिहान १० देखि १२ बजेसम्म र डा.श्रेष्ठ नेतृत्वको यूरोलोजी टिमले बिहान १० बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी संचालन गर्नेछन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: