काठमाडौं । मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मेगा बैंकको १० प्रतिशत र ग्लोबलको २८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । मेगा बैंकको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २९२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ भने ग्लोबलको बोनस सेयर समायोजनपछिको भाउ १६ सय ९९ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।
गत वर्षको नाफाबाट मेगा बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र करसहित २.०७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यस्तै ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । दुवै कम्पनीले साधारणसभा र लाभांश प्रयोजनको लागि मंसिर १४ गते मंगलबार बुक क्लोज गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्