×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको वार्षिक साधारणसभा पुस २२ गते हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

PRIME CA

एनएमबि बैंकको वार्षिक साधारणसभा पुस २२ गते हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको पुस २२ गते साधारणसभा हुने भएको हो । बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट १२.५% बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.३% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

साथै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ । यस्तै, बैंकको जारी पुँजी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर १८ अर्ब ३६ करोड रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: