काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आईसिएफसि फाइनान्सको भएको छ । यस कम्पनीको १६ करोड २ लाख ७६ हजार ५५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ६ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यस्तै मंगलबारको सेयर बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । इन्फिनिटीको सेयरमा यस्तो गिरावट आउँदा नेपाल लाइफ इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, बैंक अफ काठमाण्डू, आईएमई जनरल इन्स्योरेन्स र मेगा बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार आईसिएफसि फाइनान्सको भएको छ । यस कम्पनीको १६ करोड २ लाख ७६ हजार ५५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा महालक्ष्मी विकास बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक, नेशनल हाईड्रोपावर कम्पनी, एनआईसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा सामलिङ पावर कम्पनी र न्यादी हाईड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा तेह्रथुम पावर कम्पनी, यूनाइटेड इदी मर्दी आरबि हाईड्रोपावर, आईसिएफसि फाइनान्स, हिमाल दोलखा हाईड्रोपावर कम्पनी ,समिट लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्