काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २१ किलो सुन बरामद गरेको छ । सोमबार विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गई फर्किएका नेपालीलाई भरिया बनाई बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहना आकारका सुन बरामद गरेको हो । दुबई कतार र मलेसियाबाट नेपाल फर्किएका ४१५ जना यात्रुले बालाको आकारमा ल्याएको सुन नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ ।
एक दिनमै यसरी भित्रिएको बाला आकारको ठूलो परिमाणको सुनलाई भन्सार तिर्न अनिवार्य गरिएको छ । मंगलबार बिहानसम्म सुन बोकेर आएका १९५ जना यात्रुले बरामद भएकोमध्ये ९ किलो ९७६ ग्राम सुन भन्सार तिरेर लगेका छन् । यस्तो सुनमा भन्सार रकम हालसम्म ९४ लाख ६५ हजार ५४८ रुपैयाँ भन्सार संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्