काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
बैंकले हकप्रद सेयर प्रयोजनको लागि बुक क्लोज मिति पनि तय गरेको छ । बैंकले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने भएका छन् ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको लागि अनुमति पाइसकेको छ । बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्