×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : चिसो बढेपछि खेतको हिउँमै चर्दै मनाङका चौरी, ढुङ्गामा कला भर्दै शिल्पकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : चिसो बढेपछि खेतको हिउँमै चर्दै मनाङका चौरी, ढुङ्गामा कला भर्दै शिल्पकार

Artha Sarokar

१६ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले चिसो बढेपछि खेतको हिउँमै चर्दै मनाङका चौरीदेखि नदीको सडक छेउमा रहेको ढुङ्गामा कला भर्दै शिल्पकारसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

चिसो बढेपछि गाउँ झरेको चौरी हिमपातसँगै मनाङ ङिस्याङ गाउँपालिका-५, खेतको हिउँमै चर्दै ।

चितवनको सौराहामा रहेको राप्ती नदीको सडक छेउमा रहेको ढुङ्गामा कला भर्दै शिल्पकार ।

शुक्लाफाँटा राष्ट्रि निकुञ्जको सनवोरा नदीको बगरमा देखा परेका कालो र खैरा हिमाली डंगर गिद्ध । गिद्ध संरक्षणमा जोड दिइन थालेपछि सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित मीना बजारमा तरकारी बेच्दै व्यापारी ।

हिमालपारिको जिल्ला मुस्ताङको लेते–जोमसोम कालोपत्रे सडकबाट नजिकै देखिने धौलागिरि र नीलगिरि हिमशृङ्खला ।

म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकाको उकालोमा सडक निर्माण गरिँदै । यसअघि निर्माण भएको सडकको ग्रेड नमिलेपछि पूर्वाधार विकास कार्यालयले दरवाङ–धारापानी–ताकम–मुना सडक आयोजनामार्फत् बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गर्न लागेको हो ।

बेलौरी नगरपालिका-६ भुराकोटस्थित पुरैना तालमा सिम कुखुराका बच्चा । पुरैना ताल सिम कुखुराको बासस्थानका रुपमा परिचित छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी