×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्यालयको भवन पुनःनिर्माण नहुँदा खुला आकासमुनि पढ्दै रोल्पाका बालबालिका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विद्यालयको भवन पुनःनिर्माण नहुँदा खुला आकासमुनि पढ्दै रोल्पाका बालबालिका

Artha Sarokar

१७ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रोल्पा । आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकासमुनि पढ्न बाध्य छन् । रोल्पा नगरपालिका– १ धारपानीस्थित कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।

गत असोजमा भएको आगलागीबाट विद्यालय भवन नष्ट भएसँगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयको एउटा भवनमा आगलागी हुँदा ६ कक्षाकोठा जलेर पूर्णरुपमा नष्ट भएका थिए । आगलागीबाट फर्निचर तथा विद्यालयको अन्य सामान पनि जलेर नष्ट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख महराले जानकारी दिनुभयो ।

“भवन जलेको लामो समय बित्दासमेत पुनःनिर्माणका लागि कसैको ध्यान जान सकेको छैन, बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन्”, उहाँले भन्नुभयो । विद्यालय भवन तत्काल पुनःनिर्माणका लागि रोल्पा नगरपालिकासँग आग्रह गरे पनि सुनुवाइ नभएको महराको भनाइ छ ।

बालबालिका कठ्याङ्ग्रिदो जाडोमा खुला आकाशमुनि बसेर पढ्न बाध्य भएको प्रधानाध्यापक थामबहादुर कुँवर बताउनुहुन्छ । “जाडो विस्तारै बढ्दै छ, पुस– माघमा खुला आकासमुनि पढाउनुपर्ने अवस्था आउँदैछ”, उहाँले भन्नुभयो । सम्बन्धित निकायले यथाशीघ्र ध्यान दिनुपर्ने कुँवरको माग छ । आगलागीपछि पढ्न गाह्रो भएको कक्षा ५ की छात्रा अनिता विकले बताउनुभयो ।

सबै विद्यार्थीलाई पठनपाठन गराउन समस्या भएको प्रधानाध्यापक कुँवर बताउनुहुन्छ । “एउटै भवनमा मात्र विद्यार्थी नअटाउँदै समस्या भएको छ”, उहाँले भन्नुभयो । छिमेकी विद्यालय बालकल्याण नमूना माविले सो विद्यालयलाई फर्निचर सहयोग गरेको छ । विद्यालयले १० थान डेस्क बेञ्च सहयोग गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानले बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्वाचन क्षेत्रभित्र पर्ने उक्त विद्यालय रहेको गाउँ पूर्वसभामुख कृष्णबहादुर महराको जन्मस्थल पनि हो ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी