काठमाडौं । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले दुई दिनको हिमपातपछि हुम्लाको जनजीवन कष्टकर बन्दैदेखि प्याजाका बिरुवा विक्री गरेर मनग्य आम्दानी गर्दै किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा परेको हिमपात । दुई दिनको हिमपातपछि यहाँ चिसो बढ्नुका साथै जनजीवन कष्टकर बनेको छ ।
बागलुङ नगरपालिका-१ रामरेखामा विक्री गर्नका लागि उत्पादन गरिएका प्याजका विरुवा । यहाँका किसानले यो सिजनमा प्याजाका बिरुवा विक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
घोराही–१, सुकाखोलाका सुमन थापाले व्यावसायिक रुपमा पालेका बाख्रा । यो ठाउँलाई उपमहानगरपालिकाले बाख्रा पालनको पकेट क्षेत्र घोषणा गरेको छ ।
समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाईमा रहेको लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँस्थित भ्यू टावरबाट वरिपरिको दृश्य अवलोकन गर्दै पर्यटक । यति बेला घलेगाउँ आउने पर्यटकले गाउँ भरिभराउ छ ।
बेलौरी नगरपालिकाको भकुण्डास्थित दोदा नदीमा निर्माणाधीन पक्की पुल । पुल निर्माण तीन वर्षदेखि सुरु गरिएपनि हालसम्म पुरा नहुँदा स्थानीयवासीले नदी तर्नु पर्ने बाध्यता छ ।
तनहुँको भानु नगरपालिका–९ का किसान आलु र लसुनको बीउ रोप्दै । कृषकले ४० रोपनीमा आलु र १० रोपनीमा लसुन रोपेका छन् ।
सामुदायिक वनबाट साइकलमा दाउरा ल्याउँदै रामनगरका महिला ।