Skip to content
LAXMI SUNRISE BANK

पिपुल्स हाइड्रोपावर कम्पनीले ९६ लाख कित्ता आइपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

अर्थ सरोकार

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । यसको लागि कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने भएको छ ।

सोही सम्बन्धि शुक्रबार सम्झौता गरेको छ । कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशव बहादुर रायमाझीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्ने भएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK