Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंकद्धारा जानकी मन्दिरलाई डस्टबिन वितरण, तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास

अर्थ सरोकार

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२बटा डस्टबिन उपलब्ध गराएको छ । यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवद्र्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अवसरमा बैंकले जानकी मन्दिरमा QR कोड र POS मेसिन हस्तान्तरण तथा जडान गरेको छ जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ । डिजिटल डोनेशन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ ।

जानकी मन्दिरमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र कांतले डस्टबिन,QR कोड र POS उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णलाई हस्तान्तरण गरेका छन् ।

उक्त समारोहमा बकैंका प्रदेश-२, प्रमुख लेखनाथ पोखरेल, जनकपुर-शाखा प्रबन्धक दीपेन्द्र ठाकुर तथा बकैंका अन्य पदाअधिकारीहरुका साथै जानकी मन्दिर व्यवस्थापनका तर्फबाट महन्ता श्री श्री १०८ श्रीराम तपेश्वर दास वैष्णव, पुजारी ऋषिकेश झा, र मन्दिर व्यवस्थापनका पदाधिकारी तथा सयौं तीर्थयात्रीहरुको उपस्थिति रहेको थियो ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK