×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोशी टप्पु क्षेत्रलाई कृषि पर्यटनको केन्द्र बनाइने, ७००विघा जमिनमा ५० वटा पोखरी बनाउने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोशी टप्पु क्षेत्रलाई कृषि पर्यटनको केन्द्र बनाइने, ७००विघा जमिनमा ५० वटा पोखरी बनाउने तयारी

Artha Sarokar

१९ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रामपुर  । बेलका नगरको सदरमुकाम रामपुरबाट करिव चार किमी दक्षिणपूर्वमा रहेको कोशी टप्पु क्षेत्रलाई कृषि पर्यटकीय गन्तव्य बनाउने गरी काम थालिएको छ । निकट भविष्यमा ७००विघा जमिनमा ५० वटा पोखरी बनाउने तयारी गरिएको छ । उक्त पोखरी वरपर फन पार्क, कर्टेज निर्माण, र बोटिङसमेत गर्न मिल्ने गरी डिपिआर गर्न लागिएकोे अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

“कोशीको किनारलाई प्रदेश कै आकर्षक गन्तव्य बनाउन हामी लागेका छौँ । यसमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोग रहेको छ,” उहाँले भन्नुभयो, “यहाँ पाइने बदेल, हरिण, मृग, अर्नालगायत अन्य जङ्गली जन्तु अवलोकन गर्न सकिने छ । पर्यटकहरुलाई यही उत्पादन भएको माछा, अन्य सागसब्जी खुवाएर बिदा गर्छौ ।” पर्यटकहरुलाई धेरै दिनसम्म राख्न प्राङ्गारिक खानेकुरा मात्र पाउने घरबास, होटल र स्विमिङ पुल निर्माणको तयारी थालिएको छ । विशेषगरी माछाका परिकारहरु बनाउने र माछाका सुकुटी विदेश निर्यात गर्ने गरी व्यवसाय थालिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

यहाँ कोशी किनारबाट सूर्योदय हेर्न, कोशी टप्पु बन्यजन्तु आरक्ष वरपर रहेका हरिण, मृग, बदेल, अर्नाजस्ता जनावर देख्न सकिन्छ । यस क्षेत्रमा ठूलो मात्रामा एलानी जमिन छ । कोशी कटानबाट बनेको समथल भूभागमा विभिन्न जिल्लाबाट आएका कृषकहरुले भैसी पालन र कृषि पेशा गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी उदयपुर, र सुनसरीका बजारमा बिक्री हुँदै आएको छ ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी