×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकद्धारा ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

PRIME CA

एनसीसी बैंकद्धारा ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनसीसी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । जसमा संस्थापक सेयरधनी श्रवण कुमार अग्रवालले ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठले ४० हजार ७७६ कित्ता र सुफल शर्माले १ हजार कित्ता बिक्रीमा ल्याएका हुन् । उक्त सेयरमा एनसीसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा रहेको सेयर बिभाग कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: