झापा । कनकाई नगरपालिका-६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ । उहाँले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट तीन लाख ५० हजार आम्दानी भएको जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ।” उहाँले यस वर्ष एक बिघा जमिनमा व्यावसायिक रुपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारिरहनुभएको छ ।
छ महिना जति प्लाष्टिकको थुँगामा उमारेर हुर्काएको विरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उहाँको अनुभव छ । गत वर्ष लोकल जातको (मेरी वासिङ्टन) कुरिलोको बर्ना लगाउनुभएको उहाँले यस वर्ष हाइब्रिड जातको कुरिलोको बर्ना हुर्काइरहनुभएको छ । उहाँले १० ग्राम हाइब्रिड जातको कुरिलोको बीउको मूल्य रु चार हजार पर्ने बताउनुभयो । कृषिमा श्रीमान् दधिराम न्यौपानेको दरिलो साथ पाएकी उहाँले गत वर्ष प्रतिकेजी रु तीन सयदेखि रु एक हजार २०० होलसेलमा कुरिलोको टुसा बिक्री गरेको बताउनुभयो ।
कोरोनाका कारण व्यापार व्यवसाय बन्द भएपछि दमक नगरपालिका-३ मा दुई जना युवा मिलेर कुरिलो खेती सुरु गर्नुभयो । उहाँहरुले एग्रो फर्म प्रालि कम्पनी नै दर्ता गरेर व्यावसायिक रुपमा १० कट्ठामा कुरिलो खेती लगाउनुभएको हो । नारायण योङहाङ, याम भण्डारीको संयुक्त लगानीमा सुरु गरेको फार्मले बर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरु गरेको थियो । उहाँहरुले कोभिड–१९ को सङ्क्रमण फैलिइरहेको बेला प्रतिकेजी एक हजार ४०० ले बिक्री गरेको बताउनुभयो ।
फार्मका सञ्चालक योङहाङले सुरुमा दैनिक पाँच केजी देखि १० केजी मात्र टुँसा उत्पादन हुने गरेको कुरिलाले हाल दैनिक ५० केजी उत्पादन दिन थालेको बताउनुभयो । “कुरिलोको सब्जी या सुपमा इम्युनिष्टी पावर बढी हुँदोरहेछ”, उहाँले भन्नुभयो, “विगतमा कोरोनाका सङ्क्रमितले मगाउनुहुन्थ्यो हामीले घर-घरमै पुर्याइदियौँ ।” हाल यसको बजार मूल्य प्रतिकेजी ५०० रहेको उहाँले बताउनुभयो । उहाँले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत अग्र्यानिक हुने दाबी गर्नुभयो । कुरिलोको माग जिल्लामै बढिरहेको हुँदा बजारकोसमेत समस्या नरहेको उहाँको भनाइ छ ।
विगत २५ वर्षदेखि दमकमा बबिन कृषि भण्डार सञ्चालन गर्दै आउनुभएका वसन्त न्यौपानेले दुई वर्ष यता मात्र कुरिलोको विजन राम्रोसँग बिक्री हुन थालेको बताउनुभयो । उहाँले कोरोना कालमा मान्छेले कुरिलोको महत्व बुझेपछि मात्र जिल्लामा यसको खेती हुने गरेको बताउनुभयो । “विगतमा दुई चार प्याकेट विजन राख्थे कसैले खोज्दैनथे”, उहाँले भन्नुभयो, “कोभिड-१९ का सङ्क्रमितले जब यसको टुसा खोज्न थाले अनि मात्र किसान विजन खोज्दै आउन थाले ।” कुरिलोको विजनको मूल्य प्रति केजी दुई लाख ५० हजार पर्ने उहाँले बताउनुभयो । उहाँले गतवर्ष काठमाडौंबाट दुई केजी र यस वर्ष तीन केजी कुरिलोको विजन ल्याएर बेचेको बताउनुभयो । उहाँका अनुसार झापामा यसको व्यावसायिक खेती गर्ने किसान १५ देखि २० जना छन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कुरिलोलाई एक औषधिजन्य वनस्पति रुपमा लिइने बताउनुभयो । उहाँले यो दोमट, बलौटे र पारिलो घाम लाग्ने माटोमा हुने हुँदा झापा कुरिलो खेतीका लागि उर्वरभूमि रहेको बताउनुभयो । जिल्लामा विगतमा फाटफुट्ट मात्र यसको खेती हुने गरे पनि हाल व्यवसायिक रुपमा खेती सुरु हुन थालेको उहाँले जानकारी दिनुभयो । “कुरिलो बुहर्षीय बाली हो”, उहाँले भन्नुभयो, “एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट पाँच वर्षदेखि सात वर्षसम्म उत्पादन लिन सकिन्छ ।”
कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिलाई खान दिने धेरै पुरानो प्रचलन हो । विगतमा जङ्गलमा उम्रिएको कुरिलो खोजेर खाने चलन भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको मेचीनगर–१३ का ७५ वर्षीय हर्क इधिङ्गोको भनाइ छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्