काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । घरायसी कारण देखाई सिईओ खड्काले पदबाट राजिनामा दिएका हुन् ।
उनले दिएको राजिनामा संस्थाको गत मंसिर १७ बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १ गतेदेखि लागू हुने गरी स्वीकृत दिएको छ । कम्पनीले मंसिर १८ गतेदेखि मंसिर ३० गतेसम्मका लागि प्रमुख कार्यकारीको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरी निमित्त सिईओको जिम्मेवारी नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई दिने निर्णय गरेको छ ।