×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्यापिटलद्धारा च्याटबोट सेवा सञ्चालन, भौतिक उपस्थिति बिना नै सेवा लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईबिएल एस क्यापिटलद्धारा च्याटबोट सेवा सञ्चालन, भौतिक उपस्थिति बिना नै सेवा लिन सकिने

Artha Sarokar

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै (ChatBot) च्याटबोट सेवा सञ्चालन गरेको छ । समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।

यस च्याटबोट सेवा बाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलै सँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुन सक्ने कुरामा एनआईबिएल एस क्यापिटल लिमिटेड विश्वस्त रहेको बताएको छ । परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्ससमेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।

यस अघि कम्पनीेले विद्युतीय प्रणाली (Online) मार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का ईकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो सेयर दर्ता गर्ने सेवासमेत सुचारु गरिसकेको छ । थप जानकारीको लागि (NIBL Ace Capital Ltd. )को प्रमुख शाखाको टेलिफोन नम्बर ०१४४२५२८० मन सम्पर्क अथवा ([email protected]) मा ईमेल गर्न सक्नुहुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी