काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३७.१८ अंकले घटेर २५०८.९० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३१ कम्पनीको ८३ लाख ३० हजार ०९३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्राईम कमर्शियल बैंकको भएको छ । यस कम्पनीको १२ करोड ३६ लाख ४७हजार ००८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यस्तै मंगलबारको सेयर बजारमा आईसिएफसि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । आईसिएफसिको सेयरमा यस्तो गिरावट आउँदा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, हिमालयन पाटनर, रिलायन्स फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैगरी मंगलबारको सेयर बजारमा सिटिजन्स म्युचअल फण्ड-२ का लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा लक्ष्मी इक्वीटी फण्ड, एनआईबिएल प्रगति फण्ड, सिटिजन्स म्युचअल फण्ड-१, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार प्राईम कमर्शियल बैंकको भएको छ । यस कम्पनीको १२ करोड ३६ लाख ४७हजार ००८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा महालक्ष्मी विकास बैंक, आईसिएफसि फाइनान्स, अपि पावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नबिल बैंक, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, नेशनल हाईड्रोपावर कम्पनी, अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्