×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ, आर्थिक रुपले पछाडि परेका समुदायहरुलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ, आर्थिक रुपले पछाडि परेका समुदायहरुलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्य

Artha Sarokar

२२ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ फाउण्डेशनको विधिवत शुभारम्भ भएको छ । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको हो ।

मुनाफा वितरण नगर्ने संस्थाको रुपमाकम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले लक्षितवर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ । आज सम्पन्न एक औपचारिक कार्यक्रममा फाउण्डेशनले विधिवत रुपमा कार्याराम्भको घोषणा गरेको छ । फाउण्डेशनका अध्यक्ष भरत राज ढकालले दीपप्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

सोही क्रममा उनले फाउण्डेशनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्य बारेमा आफ्नो धारणासहित स्वागत मन्तव्य राखेका थिए । यो संस्था गैरराजनीतिक, निश्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षितनागरिक र समुदायहरुको पहिलो रोजाईको संस्थाको रुपमाविकास गरिनेमा उनले जोड दिए । सोही कार्यक्रममा संस्थाका सल्लाहकार भरत प्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवाप्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावि योजनाहरु बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल,संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्याम सुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मी रगायिका सुनिता दुलालले फाउण्डेशनको प्रभावकारिता र सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले संस्थालाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । सभाको क्रममा संस्थाको सञ्चालक समितिका सदस्य सीताराम काफ्लेले शुभारम्भ कार्यक्रमका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापनसहित सभाको समापन गरेका थिए ।

फाउण्डेशनको उद्देश्यमा सहभागीभई साथ दिन चाहने व्यक्ति तथा संस्थाहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ । यस फाउण्डेशनले साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य (प्राथमिकतादिने) र मानार्थ सदस्यहरु थपगर्दै आफ्नो सेवालाई प्रभावकारी रुपमा सामाजिक रुपान्तरणको संवाहकको रुपमा देशव्यापी क्रमशःविस्तार गर्ने रणनीति लिएको छ । यो संस्थाले आफूलाई एक पवित्र सामाजिक संस्थाको रुपमाविकास गर्ने प्रतिवद्धताजाहेर गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी