काठमाडौं । सानिमा बैंक लिमिटेडको २० लाख ५ हजार कित्ता संस्थापक सेयर आज बुधबारदेखि बिक्रीमा आएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्रीमा ल्याएका हुन् ।
यसमा सानिमाकै संस्थापक सेयरधनीले न्युनतम २२० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको मिति अर्थात आज मंसिर २२ गतेदेखि ३५ दिनभित्र सानिमा बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा निवेदन दिनुपर्नेछ ।
सो अवधिमा कुनैपनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।