काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारणसभा पुस १६ गते हुने भएको छ । कम्पनीले सभा धुलिखेल नगरपालिकास्थित होटल अरनिकोको सभाहलमा बिहान ११ बजे बोलाएको हो ।
कम्पनीले सभामा २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
यस्तै वोमी लघुवित्त र सूर्योदय लघुवित्त एक–आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै प्रस्तावित बोनस सेयर र ग्रमीण स्वयंसेवक गाभिएपछि वृद्धि हुने जारी तथा चुक्ता पुँजी अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि दिइसकेको छ । यो सँगै दुई लघुवित्तको मर्जर प्रकृया अघि बढेको छ । यसअघि दुवै कम्पनीबीच गत भदौ १५ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्