Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा जलविद्युत कम्पनीको वार्षिक साधारणसभा पुस १४ गते हुने, आइपीओ निष्कासन गर्ने प्रस्ताव पेस गरिने

अर्थ सरोकार

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको वार्षिक साधारणसभा पुस १४ गते हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय, अनामनगर काठमाडौंमा बिहान ९ बजेदेखि हुने भएको हो ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK