काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा बिगत ३ महिनाभन्दा बढी समयदेखि कर्मचारीहरू निरन्तर आन्दोलनमा छन् । आफ्ना जायज मागहरु पूरा नगरेको भन्दै एकाततर्फ कर्मचारीहरू आन्दोलनमा छन् भने अर्कोतर्फ त्यसअघि नै संस्थाको कर्मचारी युनियनले थप माग तथा दाबी नगर्ने भनी सहमती गरिएकोले सो आन्दोलन नै गैरकानुनी भएको दाबी सहित संस्थाका सिइओ उदयराज खतिवडासहित्को व्यवस्थापन टिम आफ्नै अडानमा छ ।
यसैबीच लामो समयदेखि संस्थाको केन्द्रिय कार्यलयमा आन्दोलन भैइरहँदा पनि सिइओ खतिवडा कार्यालय नआई भागेको भन्दै कर्मचारीहरुले सिइओ भागेको सूचना समेत जारी गरेका थिए । र अन्ततः भागेका भनियेका तिनै सिइओ आइतबार संस्थाको केन्द्रीय कार्यलयमा आफु निकटका अन्य कर्मचारी र प्रहरी प्रशासनसहित कार्यलयमा देखिएका छन् ।
यद्यपी उनीहरुलाई कर्मचारीले भित्र पस्न भने दिएनन् । कार्यलय भित्र पस्न नपाएपछि रिसले चुर भएका सिइओ निकटका कर्मचारीहरु संचारकर्मीसँगसमेत जाई लागेका थिए । यता संस्थामा देखिएको भद्रगोलबारे सिइओ खतिवडा बोल्न नै चाहेनन् । र त आन्दोलनबारे हामीले प्रश्न गर्दा उनले जवाफ फर्काए-‘नो कमेन्ट’ ।
महिनौँदेखी कर्मचारीहरु आन्दोलनमा छन् । सिइओ आन्दोलन गैरकानुनी भएको भन्दै त्यसलाई सम्बोधन गर्न नसकिने बताइरहेका छन् भने कर्मचारीहरु कुनै हालतमा आन्दोलन गर्न नछोड्ने अडानमा छन् । यता कर्मचारीहरुको निरन्तर आन्दोलन र व्यवस्थापनको अडानका कारण सर्वसाधारण पनि मर्कामा परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्