×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Ria Money Transfer बिच सम्झौता, अमेरिका तथा अन्य १६० देशहरुबाट सजिलै पैसा पठाउन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Ria Money Transfer बिच सम्झौता, अमेरिका तथा अन्य १६० देशहरुबाट सजिलै पैसा पठाउन सकिने

Artha Sarokar

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र Ria Money Transfer बिच सम्झौता भएको छ । विश्वव्यापीे रूपमा ख्यातिप्राप्त Ria Money Transfer र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । अब बिदेशमा रहेका नेपालीहरुले Ria Money Transfer  को सेवा प्रयोग गरी अमेरिका , यूरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत Khalti app बाट सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिनेछ साथै Khalti मोबाईल वालेटमा लोड गर्न पनि सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Ria Money Transfer का तर्फबाट प्रमुख कार्यकारी अधिकृत Shawn D. Fielder  ले हस्ताक्षर गरेका छन् । दसिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी