×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो जारीको अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो जारीको अनुमति

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले मंसिर २० गते २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।
बैंकले ८ वर्षसम्मका लागि वार्षिक ८.५% ब्याजदरमा कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी