काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले आगो ताप्नका लागि गुइँठा सङ्कलन गर्दै शुक्लाफाँटाका स्थानीयदेखि , तरकारी खेतीमा रमाउँदै बागलुङका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
आगो ताप्नका लागि गुइँठा सङ्कलन गरी साइकलमा ल्याउँदै, माटाका भाँडा निर्माण गर्दै कुमाले
रोजगारीका लागि भारत, फ्रान्स र बेलायत पुगेर फर्केपछि नौ वर्षदेखि कृषिसँगै रेष्टुराँ र पार्टी प्यालेस गर्नुभएका बागलुङ नगरपालिका–३, सिमखेतका नरबहादुर भण्डारी तरकारी खेती स्याहार्दै ।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीमा बस्दै आएका भारतीय कुमाले माटाका भाँडा निर्माण गर्दै । आफूले बनाएका माटाका भाँडा बिक्री गरेर जीविका चलाउँदै आएको उहाँ बताउनुहुन्छ ।
नृत्य प्रस्तुत गर्न परम्परागत पहिरनमा सजिएका मगर समुदायका किशोरी ।
कैलालीको गौरीफण्टा नाकामा रोजगारीका लागि भारत जाँदै गरेका नेपालीलाई जाँच गर्दै भारतीय सुरक्षाकर्मी ।
व्यास नगरपालिका–६ स्थित मादीबेँसीमा थ्रेसरको सहायताले धान झार्दै । यो समय किसानका लागि मानो खाएर मुरी भित्र्याउने समयको रुपमा लिइन्छ ।