×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्षको अन्तिम सेल अभियान दराज १२.१२ सुरु-भाउचर, मेगा डिल निःशुल्क शिपिंग तथा अन्य धेरै अफर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वर्षको अन्तिम सेल अभियान दराज १२.१२ सुरु-भाउचर, मेगा डिल निःशुल्क शिपिंग तथा अन्य धेरै अफर

Artha Sarokar

२५ मंसिर २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ। उक्त अभियान २४ मंसिर मध्यरात (११ डिसेम्बर)मा सुरु हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छुट, ४०००को मेगा भाउचर र बैंक कार्डमार्फत १०% (अधिकतम २०००) सम्मको थप छुटको लाभ उठाउन सक्नेछन् । विस्तृतमा, यस अभियानमा सनराइज बैंक, एनएमबि बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड धारकहरूले क्रेडिट कार्ड मार्फत १०% (अधिकतम. २०००) र डेबिट कार्ड मार्फत १०% (अधिकतम १,०००) प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकहरूले अभियान अवधिभर आफ्नो ईसेवा र आईएमई-पे वालेटमार्फत भुक्तानी गर्दा सीमित समयभित्र १०% (अधिकतम ५००) सम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यस वर्षको १२.१२ मा फिलिप्स, सामसंग, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६०% सम्मको छुट रहेको कम्पनीले जनाएको छ । यसबाहेक ग्राहकहरूले फ्याशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। कम्पनीको अनुसार दराज १२.१२ एक बिक्री-संचालित अभियान मात्र नभई देशभरका आफ्ना सारा ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीका लागि धन्यवाद व्यक्त गर्ने एउटा माध्यम हो ।

“११.११, दराज र यसका सबै साझेदारहरूको लागि एक रेकर्ड-ब्रेकिङ अभियान थियो । हामी यस्तो किर्तिमान हासिल गर्न पाउँदा हामी धेरै खुसी छौं । र यो सफलता देशभरका हाम्रा सबै ग्राहकहरूको माया र समर्थन बिना सम्भव हुने थिएन । हामी अब एउटा अन्तिम अभियान-१२.१२ को साथ २०२१ समेट्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरूलाई फेरि थप अफरहरु प्रदान गर्न पाउँदा धेरै खुसी छौं । साँच्चै नै यो धेरै रोमाञ्चक छ ।“ दराज नेपालका एमडी लिनो अलरिङ्गले भने ।

अभियानको अतिरिक्त हाइलाइटहरू मद्दे रहेको छ एक खेल एक रुपैयाँको जसमा ग्राहकहरूले केवल एक रुपैयाँमा श्री बालाजीको हिराको टप, एन्या गितार, रियलमि नार्जो, हाई ग्राउण्ड एडभेन्चर जिपलाइन र बन्जी, वर्ल्ड लिंक ३०० एमबिपीएसको १२ महिना टिभी र इन्टरनेट जस्ता पुरस्कारहरू जित्ने मौका पाउनेछन्। सहभागी हुनको लागि ग्राहकहरूले डेबिट-क्रेडिट कार्ड वा आईएमई-पे मार्फत रु १ पूर्व–भुक्तानी गर्नुपर्छ । र यदि ग्राहकहरूले नजितेमा, रकम पुरा फिर्ता गरिनेछ ।

त्यस्तै, नयाँ दराज प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरे बापत रियलमि ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्। केवल दराजमा साइन अप गरि दराजमा आफ्नो पहिलो अर्डर राखे बापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्नको लागि योग्य हुनेछन् । र येति मात्र नभई, १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेगा–गिभवे अन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वाशिङ मेसिन जित्ने मौका पाउनेछन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी