×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर, डेबिट र क्रेडिट कार्डवाहकहरुलाई छुटैछुटको व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर, डेबिट र क्रेडिट कार्डवाहकहरुलाई छुटैछुटको व्यवस्था

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले मेड इन नेपाल प्रवर्द्धन गर्दै आकर्षक अफरहरुसहित डिसेम्बर १२ का लागि १२:१२ को घोषणा गरेको छ । ग्यापुले विभिन्न १२ ब्राण्ड सँगको सहकार्यमा अफरहरु ल्याएको छ । गोल्ड स्टार, नेपाल उल हाउस, माक्कुसे, हात्ति हात्ति, एसटी महर्जन गहना, एभरेष्ट गड च्यु, हाई हिमालयन पस्मिना हाउस, लिफ प्लस, पन्चबुद्ध हस्तकला, मयूर हस्तकला, डटर होम आर्चर र खुकुरी रम १२:१२ सेलमा जोडिएका बताइएको छ ।

हिमालय बैंकको कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम ५ सय), फोन पे प्रयोगकर्ताले ‘PHONEPAY1212’ कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, प्रभु पे प्रयोगकर्ताले ‘PRABHUPAY1212’ कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, इ सेवा प्रयोगकर्ताले ‘ESEWA1212’ कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, र खल्ती प्रयोगकर्ताले २० प्रतिशत (अधिकतम १ सय ५०) छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट  (gyapu.com) मार्फत् अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड मार्फत सपिङ गर्ने सुविधासमेत उपलब्ध छ। साथै, ग्राहकले डेलिभरीको समयमा नगदसमेत दिन सक्छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी